नेपालमा कोरोना निको हुनेको सङ्ख्या चार लाख भन्दा धेरै : मृ,त्यु दर घट्दै

समाचार

काठमाण्डाै – नेपालमा कोरोना मुक्त हुनेहरुको  सङ्ख्या चार लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार चार सय चार जना निको भएसँगै निको हुनेको सङ्ख्या चार लाख चार हजार आठ सय ८७ पुगेको छ । यो सङ्ख्या कुल सङ्क्रमितको ७६ दशमलव ५६ प्रतिशत रहेको छ ।

यस्तै अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या पाँच लाख २८ हजार आठ सय ४८ पुगेको  बताइएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२२ हजार तीन सय ६ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार तीन सय ८७ जनामा र ६ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा दुई सय ४९ जना गरी आठ हजार ६ सय ३६ जनामा कोरोना  पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।

यस्तै थप एक सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ६ हजार सात सय जनाको ज्यान गइसकेको छ । अहिले नेपालमा एक लाख १७ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

सुरुवाती चरणमा नेपालका ठुला र मुख्य शहरमा ब्यापक रुपमा फैलिएको कोरोना यतिबेला गाउघरमा भयावह बन्दै गइ रहेकोमा सबै स्थानीय तह तथा नागरिक हरुलाई थप सचेत रहन समत सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *