भारतीय द्वारा सिमामा खटिएका सशस्त्र प्रहरी माथि ढुंगामुढा

समाचार

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते भएका छन् ।

मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट घेराबार र कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत भारतीयहरुले तोडफोड गरी हटाएका छन् ।

बोर्डर आउट पोष्ट ९बिओपी० मटिहानीका प्रहरी निरीक्षक बलराम गौतमका अनुसार गए राति करिब ८ बजे ५०÷६० भारतीयले मदिरा खाएर एक्कासि २ नं बोर्डरमा खटिएका प्रहरीहरूमाथि ढुङ्गामुढा गरेका थिए ।

करीब आधा घण्टासम्म भारतीयहरुले गरेको ढुङ्गा मुढाबाट ड्युटीमा खटेका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ भने उनले लगाएको पोशाक ९चुस्ता० समेत ढुङ्गामुढा गर्नेहरुले च्यातिदिएका छन् ।

यता भारतीय व्यापारीका अनुसार बिओपी मटिहानीका प्रहरी निरीक्षक गौतमले कोरोनाको अवधिमा पनि आफूहरुसँग मोटो रकम लिएर लाइन ९तस्करी गर्ने इजाजत  दिएकामा गए राति ८ बज्नासाथ भारतबाट आलु, प्याज, चामललगायतका वस्तुहरु नेपाल ल्याउन शुरु गरेका व्यापारीमाथि बोर्डरमा खटिएका सशस्त्र प्रहरीले रोक लगाउँदै लाठी चार्ज गरेका थिए ।

सशस्त्र प्रहरीको लाठी चार्जबाट आठ भारतीय व्यापारी घाइते भएका छन् । उनीहरुले आफूहरु महिनावारी  महिनामा एकै चोटी रकम दिएर लाइन लिएकामा सशस्त्र जवानहरुले सीमामा रोकेर थप पैसा माग्न खोजेको र नदिँदा कुटपिट गरेको बताएका छन् ।

त्यसैगरी स्थानीय प्रत्यक्षदर्शीहरुले पनि सशस्त्र प्रहरीले बल प्रयोग गरेको र भारतीय व्यापारीहरूलाई कुटपिट गर्न थालेपछि भारततर्फबाट एक हुल मानिस आएर सशस्त्र प्रहरीमाथि पनि ढुङ्गामुढा गरेको बताएका छन् ।

यो पनि पढ्नुहोस : आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।न्यूनचापीय प्रणालीको असरका कारण हाल प्रदेश नं १ र प्रदेश नं २ का साथै देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहने महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।यस्तै, प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति भने प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ।यस्तै, प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *