देउवाको हातमा प्रधानमन्त्रीको चिट्ठा ,बहुमत दावी गर्न शीतल प्रस्थान

समाचार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न बहुमत जुटेको विपक्षीले दावी गरेका छन् ।

सिंहदरबार स्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा नेपाली काङ्ग्रेस सहितको सर्वदलीय बैठकले उक्त जानकारी गराएको हो ।

बैठकमा नेपाली काङ्ग्रेसको तर्फबाट सभापति शेर बहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का,गोपालमान श्रेष्ठ, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, केन्द्रिय सदस्य मिलेन्द्र रिजाल, प्रमुख सचेतक बालकृष्ण खांड, सचेत पुष्पा भुसाल, सांसद राजेन्द्र केसी ,संजय गौतम, अमरेश कुमार सिंह सहभागि रहनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नारायणी काजी श्रेष्ठ ,जनार्दन शर्मा, कृष्ण बहादुर महरा, ओनसरी घर्ती, पम्फा भुसाल, मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, देब गुरुङ उपस्थित हुनुहुन्छ ।

त्यस्तै नेकपा एमाले को तर्फबाट वरिष्ठ नेता माधव कुमार नेपाल, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री तथा जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, महेन्द्र राय यादव, रेणु यादव, हिसिला यमीको उपस्थित रहेको छ ।

स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गर्न थालिएको छ । राष्ट्रपतिले दिएको समयभित्रै शीतलनिवासमा पुगेको सरकार दावी गरिने एक नेताले बताए । देउवालाई प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर संकलन गरिएको स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *