सिंहरदरवारमा सर्वदलीय बैठक : बहुमत दाबी गर्न शीतलनिवास जाने तैयारी

समाचार

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा शुरू भएको छ ।

सिंहदरबार स्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा नेपाली काङ्ग्रेस सहितको सर्वदलीय बैठक केहीबेर अघि शुरू भएको हो ।

बैठकमा नेपाली काङ्ग्रेसको तर्फबाट सभापति शेर बहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, महामन्त्री पुर्ण बहादुर खड्का,गोपालमान श्रेष्ठ, कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, केन्द्रिय सदस्य मिलेन्द्र रिजाल, प्रमुख सचेतक बालकृष्ण खांड, सचेत पुष्पा भुसाल, सांसद राजेन्द्र केसी ,संजय गौतम, अमरेश कुमार सिंह सहभागि रहनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,नारायणी काजी श्रेष्ठ ,जनार्दन शर्मा, कृष्ण बहादुर महरा, ओनसरी घर्ती, पम्फा भुसाल, मातृकाप्रसाद यादव, गिरिराजमणि पोखरेल, देब गुरुङ उपस्थित हुनुहुन्छ । त्यस्तै नेकपा एमाले को तर्फबाट वरिष्ठ नेता माधव कुमार नेपाल, सुरेन्द्र पाण्डे, रामकुमारी झाँक्री तथा जनता समाजवादी पार्टी नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई, महेन्द्र राय यादव, रेणु यादव, हिसिला यमीको उपस्थित रहेको छ ।
बैठकले नयाँ सरकार दावी गर्न सांसदहरुको हस्ताक्षर संकलन गर्ने तयारी रहेको बताइएको छ । नयाँ प्रधानमन्त्रीमा काँग्रेस सभापति शेर बहादुर देउवा अथवा एमाले नेता माधव कुमार नेपालमध्ये एकलाई प्रस्ताव गर्ने सहभागि एक नेताले बताए ।

यो पनि पढ्नुहोस !

जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल ९जसपा० को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो ।

‘यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो महामारीको कारणले अर्को सूचना नभएसम्म बैठक स्थगन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पक्षले भने एकतर्फी रुपमा बैठक स्थगन गरिएकामा आपत्ति जनाएको छ । यसअघि ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी नभई आफ्नै दलका नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने र नभए प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्ने सहमति भएको थियो । दुवै अध्यक्षका सहमतिमा कार्यकारिणी समितिको बैठक बोलाइएको थियो ।

यसैबीच अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । उक्त बैठकका सम्बन्धमा यादव र डा भट्टराई पक्षलाई जानकारी नगराइएको जनाइएको छ । ठाकुर–महतो समूहले संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयनसमेत गरिसकेको छ । सो पक्षले आफूसँग बहुमत सांसद रहेको दावी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *