पल्स अक्सिमिटर के हो, प्रयोग कसरी गर्ने?

समाचार

कोरोना संक्रमण बढेसँगै हामीलाई आफ्नो शरीरमा अक्सिजनको स्तर के छ भनी चिन्ता बढेको छ । शरीरमा अक्सिजनको मात्रा कति छ भनेर जाँच्नका लागि बजारमा एक उपकरण उपलब्ध छ, अक्सिमिटर । यसलाई कसरी प्रयोग गर्ने रु कहिले गर्ने रु यसबारे भने जानकारी हुन जरुरी छ । यससँगै के पनि जरुरी छ भने के तपाईंले यसको प्रयोग सही रुपमा गरिरहनुभएको त छ रु

चिकित्सकहरुको अनुसार यसको प्रयोग तबमात्र गर्नु उचित हुन्छ, जब पाँच दिनसम्म तपाईंको स्वास्थ्य अस्थिर हुन्छ । यस्तो स्थितीमा पल्स अक्सिमिटिर प्रयोग गर्न सकिन्छ ।

कसरी गर्ने ?

–अक्सिमिटरलाई दिनहुँ प्रयोग नगरौं ।

–यदि नेल पोलिस लगाउनुभएको छ भने त्यसलाई हटाउनुहोस् ।

–एउटै हातको औलामा मात्र नभई हातको अर्को औलामा पनि मीटर लगाएर जाँच गर्नुहोस् ।

–दुई तीन पटक परीक्षण गर्दा जुन सबैभन्दा बढी रिडिङ आउँछ, त्यसैलाई सही मान्नुहोस् ।

यो तरिका पनि उचित हुन्छ

–करिब ७ मिनेटसम्म हिँडडुल गरौं । यसपछि अक्सिमिटरको प्रयोग गरेर लेभल जाँचौं ।

–यदि हिँडडुल गरेपछि अक्सिमिटरमा अक्सिजनको लेभल चार प्रतिशतसम्म कम देखियो भने बाँकी परीक्षण जरुरी हुन्छ ।

–यदि हिँडडुलपछि लेभल ९४ माथि आउँछ भने चिन्ता गर्नुपर्ने केही छैन, तपाईं ठीक हुनुहुन्छ ।

संक्रमणलाई सही ढंगले पहिचान गर्नका लागि

–आफ्नो लक्षणमा ध्यान दिनुपर्छ ।

–आरम गर्नुपर्छ ।

–राम्रो डाइट लिनुपर्छ ।

–नअत्तालिनुहोस् ।

–यी सबै हुँदाहुँदै पनि अस्वस्थ महसुष गरिरहनुभएको छ भने चिकित्सकसँग भेट्नुपर्छ ।

यो पनि पढ्नुहोस(अति महत्वपूर्ण ) 

यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने खानेकुराहरु

यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने खानेकुराहरु
काठमाडौं । विश्वभर फैलिएको कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ । रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ ।

थ्भतष् म्ष्ष्कतष्ििभचथ
त्बलकभल ऋझभलत दयह
यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ ।

पुदीना
यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ ।

च्याउ
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन् । यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ ।

नरिवलको तेल
खाना बनाउनका लागि प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ । नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ ।

ब्रोकाउली
ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ । यसमा भिटामिन, एन्टि ​अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ ।

पालक
पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ । पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *